२०७७ मङ्सिर १२ गते शुक्रवार

टोपी दिवसका दिन अहिले सम्मकै ठूलो टोपी प्रर्दशन गर्ने

काठमाडौं, पुष ११ । जागरुक युवा अभियान नेपालले टोपी दिवसका दिन अहिले सम्मकै ठूलो टोपी प्रर्दशन गर्ने जानकारी दिएको छ ।विगत ६ वर्ष देखि राष्ट्रिय रुपमा नेपाली टोपी दिवस मनाउँदै आएको सामाजिक संस्था जागरुक युवा अभियान नेपालले टोपी दिवसको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आज भएको पत्रकार सम्मेलनमा उसले टोपी दिवसको पूर्वसन्ध्यामा यसको जानकारी दिएको हो । आगामी पुस १७ गते अर्थात् अंग्रेजी वर्षको पहिलो दिन जनवरी १ तारिखमा हुने टोपी दिवसमा यसवर्ष विगत वर्ष भन्दा फरक खालको प्रस्तुती रहने संस्थाले जनाएको छ । जागरुक युवा अभियान नेपालका सदस्य जर्नाजन पौडेलका अनुसार अभियानले यसवर्षको टोपी दिवसका दिन अहिले सम्मकै ठूलो आकारको टोपी प्रर्दशन गर्ने तयारी गरेको छ । टोपीको आकार ५ मिटर गोलाई रहने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस संस्थाले विगत ६ वर्ष देखि औपचारिक रुपमा नेपाली टोपी दिवस मनाउँदै आएको छ । यसवर्ष पनि त्यसकै निरन्तरता स्वरुप छैठौं नेपाली टोपी दिवस मनाउन थालेको हो । पुस १७ गते राजधानीको माइतीघर मण्डलामा उपस्थित भई नयाँ बानेश्वर सम्म प्रभातफेरी कार्यक्रम तय गरिएको पनि संस्थाले जानकारी दिएको छ । त्यस दिन सबैलाई उपस्थिीत हुन पनि संस्थाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७५ पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *