२०७७ कार्तिक १५ गते शनिवार

पाँच किलो चरेशसहित एक महिला पक्राउ

रोल्पा,  पुस ९ । रोल्पा प्रहरीले पाँच किलो चरेश बरामद गरेको छ । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको उक्त चरेश बरामद गरिएको हो । चरेशसँगै रोल्पा थबाङ गाउँपालिका– ५ उवाकी ५५ वर्षीया वरमाया पुनलाई प्रहरीले पक्राउ गरी नुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

रोल्पा जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गराइएको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए । प्रहरीले पटकपटक ठूलो परिमाणमा चरेश पक्राउ गर्दै आए पनि यसको ओसारपसारमा रोकथाम हुन सकेको छैन । चरेश ओसारपसारमा प्रायः अर्धवैशे महिला र बालबालिका प्रयोग गर्ने गरिएको पाइएको छ ।

प्रकाशित मिति : २०७५ पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *