२०८१ माघ २६ गते शनिवार

टौवामा आगो लाग्दा १० बर्षीय बालकको जलेर मृत्यु

झुपु बुढा क्षेत्री
बबई, पुस ८ । पश्चिम दाङको बबई गाउँपालिकामा टौवामा आगो लाग्दा जलेर एकजना १० बर्षीय बालकको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नं. ७ गौजामा शनिवार साँझ सवा ८ बजेतिर टौवामा आगो लाग्दा बालक राजु घर्तीको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जंगली बँदेलले खेत-बारीमा लगाएको गहुँबाली खाएर नष्ट पारिदिने हुँदा राजु आफ्नी आमा र भाइसंगै त्यहाँ बालिनालीको सुरक्षागर्न भन्दै टौवामा सुत्न भनि गएका थिए । ईलका प्रहरी कार्यालय खिलतपुरले दिएको जानकारी अनुसार टौवाको माथिल्लो भागमा राजु एक्लै सुतेका थिए भने उनकी आमा र सानो भाई तल्लो भागमा सुतेका थिए । आगो लाग्ना साथ भुई तल्लामा सुतेकी आमाले सानो छोरालाई च्यापेर भाग्न सफल भएपनि उनले टौवाको माथिल्लो भागमा सुतेको राजुलाई भने जोगाउन सकिनन् ।

राजु सुतेको टौवाको माथिल्लो भागमा पराल रहेको हुँदा आगोले भिषण रुपधारण गरेपछि त्यसैमा परेर बालक राजुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ‘टौवा फुसको छानो युक्त हुनु र त्यसैमा पराल पनि राखेको हुँदा आगो छिटै फैलियो,त्यो आगो बाट बालक भाग्नै पाएनन्,’ एकजना स्थानियले भने ।

प्रहरीले रातको समयमा बालेर राखेको आगो बाट आगो सल्किएको जानकारी दिएको छ । यसैबीच बबई गाउपालिकाले वडा नं. ७ गौजामा पुगेर पीडित परिवारका अभिभावकलाई आइतवार बेलुका नगद १० हजार र अति आबस्यक सामग्री राहात स्वरुप प्रदान गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *