२०७७ कार्तिक १४ गते शुक्रवार

मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु

कास्की, पुस ८ ।  पोखरा महानगरपालिका–२५ हेम्जास्थित हनुमानचोकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोकिँदा आज एक जनाको मृत्यु गएको छ । घटनामा अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा हेम्जा निवासी १८ वर्षीय आशिष कुँवर हुन् । दुर्घटनामा गम्भीर घाइते कुँवरको उपचारार्थ अस्पताल लाँदै गर्दा ज्यान गएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक दीपक थापाले बताए ।

मोटरसाइकल पछाडि बसेका वर्ष १८ का प्रविण पुनको उपचार भइरहेको प्रहरीको भनाइ थियो । पोखरा–१ सिम्पानीस्थित करुणानिधी माविमा कक्षा १२ मा अध्ययन गर्ने दुवै जना बिहान ६ बजे क्याम्पस जाँदै गर्दा उनीहरु चढेको ग १४ प ८१५१ नं को मोटरसाइकल सडकको छेउमा एक्साभेटर बोकेर रोकी राखेको ना १ क ७१६४ नं को ट्रकसँग ठोक्किएको थियो । दुर्घटना लगत्तै स्थानीयले उनीहरुलाई अस्पताल पु¥याएका थिए ।

प्रकाशित मिति : २०७५ पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *