२०८१ माघ ३० गते बुधवार

६ बर्ष कैद तोकिएका फरार व्यक्ति पक्राउ

दाङ, पुस ८ । दाङ देउखुरी जिल्ला अदालतले ६ बर्ष कैद सजायको फैसला सुनाएका एकजना करणी मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् ।  अदालतको फैसला पछि लुकिछिपी बस्दै आएका तुलसीपुर उपमहानगरपालिका वडा नं.६ निवासी २९ बर्षीय खुमबहादुर चौधरी पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीले जानकारी दिए ।

चौधरी माथि १४ बर्षीया बालिकालाई जवरजस्ती करणी मुद्दामा जिल्ला अदालतले कसुरदार ठहर गर्दै २०७२ साल पुस ६ गते ६ बर्षको कैद सजाय सुनाएको थियो । परिवर्तित नाम थर कमला नेपालीको जाहेरीको आधारमा जिल्ला अदालतले चौधरी विरुद्ध उक्त फैसला गरेको थियो । पुस ५ गते घरवाटै पक्राउ परेका चौधरीलाई दाङ देउखुरी जिल्ला अदालतको आदेशमा तोकिएको सजाय भुक्तानको लागि तुलसीपुर कारागारमा चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *