१२जना घाइतेको काठमान्डौं उपचार हुँदै
दाङ, पुस ८ ।दाङमाशुक्रवार भएको बस दुर्घटनामा मृत्यु भएका २३ जना सबैको शनिवार सनाखतभएको छ ।
उक्त दुर्घटनामा परि दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका १÷१ जनाको मृत्यु भएको थियो । जुम्लाका ८ वटा शवहरु भने नेपाली सेनाको हेलिकोप्टर मार्फत शनिवार बेलुकातुलसीपुर बाट लगेर गएको जिल्लाप्रहरी प्रमुखएवं एसपी बेलबहादुर पाण्डेले बताए । सात वटा शवतुलसीपुर बाट र एउटा शवबाँके बाट लगेर हेलिकोप्टर जुम्लातर्फ लागेको उनले जानकारी दिए । एउटा शवआफन्तले दाङमै सनाखत गर्ने भनि लगेको र अर्को एउटा शव कसैले बुझ्न नमानेको हुँदा पठाउन नसकिएको पाण्डेले जानकारी दिए ।
शुक्रवार दिउँसो सल्यान बाट शैक्षिकअवलोकन गरि दाङ तर्फ फर्कदै गरेको बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्तीयातायातप्रालीको रिर्जभ बस दुर्घटना हुँदाचालक,सहचालक र विद्यार्थी तथाशिक्षक गरि २३ जनाको मृत्यु भएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्रीभन्ने स्थानको भिरवाट बस झन्डै ७ सय मिटर तल खसेको थियो ।
ईलाकाप्रहरी कार्यालय तुलसीपुरका प्रमुखएवं डिएसपी प्रेमबहादुर शाहीले उक्त दुर्घटनामा परि बसकाचालकदाङका घोराहीउपमहानगरपालिका वडा नम्बर ३ निवासी २६ बर्षीय मदनखत्री , सहचालकतुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २२ बर्षीय गणेश विक, शिक्षकहरु घोराहीउपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षीय प्रदिप घिमिरे, विद्यार्थीहरु घोराहीउपमहानगरपालिका १४ का १९ बर्षीय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षीया कविताखत्री, दंगिशरण गाउँपालिका वडा नम्बर १ घर भएका २० बर्षीय सञ्जित रत्गैयाँको मृत्यु भएको जानकारी दिए ।
जुम्लाका ११ जनको मृत्यु
उक्त दुर्घटनामा परि जुम्लाजिल्लाको चन्दननाथनगरपालिका वडा नं. ६ निवसी १६ बर्षीया कुसुम रावल, चन्दननाथनगरपालिका वडा नं. ३ घर भएका १७बर्र्षीय हिम्मतबोहरा, कनिकासुन्दर गाउँपालिका वडा नं. ५ घर भएका २० बर्षीय विरेन्द्र कडारा, हिमागाउँपालिका वडा नं. ५ घर भएका १७बर्षीया शैलजाशाही, चन्दनथाननगरपालिका वडा नं. १० का १८ बर्षीय रुपेश शाही, चन्दननाथ १४ का १७बर्षीय रितेन्द्र शाही, चन्दननाथ ५ का देविप्रसाद उपाध्याय, तिलागाउँपालिका १ का जंगबहादुर विक, चन्दननाथ ३ का १८ बर्षीय अर्जुन शाही, चन्दननाथ १० कीविपनाखत्री, तिलागाउँपालिका ३ का रमेश उपाध्याय रहेको दुर्घटनामा परि मृत्यु भएको छ ।
त्यस्तै शिक्षक रुकुमभुमे गाउँपालिका ६ का २८ बर्षीय नरेश वली, डोल्पाजग्दुला७निवासी १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगानगरपालिका ४ घर भएका १७बर्षीय आतिस नेपाली, कञ्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वीनगरपालिकाका १७बर्षीय महेश जोशी, बाजुरा बुढीगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि १९ पुरुष र ४ महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
१२ घाइतेको काठमान्डौंमा उपचार हुँदै
दुर्घटनाका १४ जना घाइते मध्यएकजनाको मात्रै बाँकेमा उपचार भइरहेको छ । अर्का एकजना डिस्चार्ज भइसकेका छन् । दुर्घटनाका थप १२ जना घाईतेलाई भने थपउपचारको लागिबाँके बाट हेलिकोप्टर मार्फत काठमान्डौं लगिएको छ । दाङकाप्रहरी प्रमुखएवं एसपी बेलबहादुर पाण्डेले काठमान्डौं पु¥याएकामध्यएकजनाको अवस्थाभने चिन्ताजनक रहेको जानकारी दिए ।
घोराहीउपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँस्थितशहिद कृष्णसेन इच्छुक बहुप्राविधिकशिक्षालयकावनवातवरणका विद्यार्थी सल्यानको मुलपानीमा रहेको बनस्पतीउद्यानको अध्ययन गरेर फर्कने क्रममाउक्त बस दुर्घटनामा परेको थियो ।