पुस ८ । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार बिहान पाँच बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो ।
४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो ।
२०७२ वैशाख १२ को भूकम्पपछि त्यसका पराकम्पहरु पछिसम्म पनि आइरहेका थिए । तर, आइतबार बिहान पराकम्प नभइ भूकम्प नै गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०७५ पुष ८ गते आइतवार