२०७७ मङ्सिर १४ गते आइतवार

मानवअधिकारका पक्षमा हस्ताक्षर संकलन

दाङ, ७ पुस ।
एमनेस्टी ईन्टरनेशनल नेपाल अन्तर्गत जिल्लामा रहेका विभिन्न संस्थाहरुले मानवअधिकारका पक्षमा हस्ताक्षर संकलन गरेका छन् । जिल्लाका विभिन्न स्कुल तथा कलेजहरुमा गएर हस्ताक्षर संकलन गरेका हुन् ।

अम्बिकेश्वरी युथ नेटवर्क, अग्रासन युथ नेटवर्क, गोर्खा ईन्टरनेशनल युथ नेटवर्क, र भिक्टोरिया युथ नेटवर्कले सामूहिक रुपमा हस्ताक्षर संकलन गरेको अम्बिकेश्वरी युथ नेटवर्कका संयोजक बलवहादुर ओलीले जानकारी दिएका छन् ।

उनका अनुसार यो हस्ताक्षर अभियान तीन सातासम्म चलेको थियो । समय–समयमा मानवअधिकार हनन्का घटना भैरहेको भन्दै मानवअधिकारको संरक्षणका लागि सबैलाई जागरुक बनाउने उद्देश्यले हस्ताक्षर संकलन गरिएको हो ।

प्रकाशित मिति : २०७५ पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *