पुष ७।
दाङको तुलसीपुरमा पुस २५ गते तुलसीपुर क्षेत्रस्तरीय माघ महोत्सव हुने भएको छ । थारू समुदायको पर्व माघीको अवसरमा उक्त प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो । उक्त साँस्कृतिक कार्यक्रममा थारु समुदायको पहिचान झल्किने मघौटा नाच प्रदर्शन गरिने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ जबरपुरमा शनिबार भएको भेलाले माघको अवसरमा तुलसीपुरको जबरपुरमा रहेको नमूना भुह्याँर थानमा कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्यक्रमलाई भव्य एवं सभ्य बनाउन भेलाले नमुना भुह्याँर थानका अध्यक्ष रामशरण चौधरीको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
यस्तै भेलाले कार्यक्रमलाई सभ्य बनाउन
विभिन्न उपसमिति गठन गरेको छ । भेलाले रामशरण चौधरीकै संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ । साथै भेलाले कार्यक्रम सफल बनाउन रामशरण चौधरीको संयोजकत्वमा अर्थ संकलन उपसमिति, बुझौना चौधरीको संयोजकत्वमा साँस्कृतिक उपसमिति, अञ्जना चौधरीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, हिरालाल चौधरीको संयोजकत्वमा मञ्च ब्यवस्थापन उपसमिति, चन्द्रलाल चौधरीको संयोजकत्वमा स्वयंम्सेवक परिचालन उपसमिति, रामकुमारी चौधरीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।
नमूना भुह्यार थानका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा भएको भेलामा थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, थाकस क्षेत्र नम्बर ३ का अध्यक्ष महेश थारू, थारू अगुवा रोहित चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । साथै तुलसीपुर क्षेत्रका विभिन्न गाउँका महटावा, अगुवा, बुद्धिजीवि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि भेलामा उपस्थित भएका थारू अगुवाहरुले सम्पूर्णलाई आग्रह गरेका छन् ।