काठमाडौं, जेठ १२ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा पूर्वपदाधिकारीपनि सहभागि छन् । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बिहान १० बजेतिरबाट पदाधिकारी बैठक प्रतिनिधिसभा बिघटनका बारेमा केन्द्रित रहेको छ ।
मंगलबार बेलुका सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सभापति देउवासहित विपक्षी ५ दलका शीर्ष नेता बैठक बसेको थियो । बहुमत हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको विरोधमा बिपक्षी पाँच दलहरुसहित देउवाले १४६ सांसदसहित सर्वौच्चमा रिट हालेका छन् ।
जसको पेशी जेठ १३ र १४ गतेका लागि तोकिएको छ । यस्तो अवस्थामा बिपक्षी पाँच दलको आबश्यक रणनीति तय गर्न काँग्रेसको पदाधिकारी बैठक बसेको एक नेताले बताएका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार