२०८१ असार ३ गते आइतवार

राप्ती बहिरा संघलाई एकसय कम्मल बितरण

दाङ पुस ५ ।
सगरमाथा सिमेन्ट प्रालीले बिपन्न परिवारलाई कम्मल बितरण गरेको छ । बिहीबार उद्योगले लसिपुरस्थित राप्ती बहिरा संघका बालबालिकाको लागि एकसय कम्मल बितरण गरेको जानकारी दिएको छ ।

उद्योगका जनसम्पर्क अधिकारी अमर सुवेदीले तुलसिपुर र घोराही उपमहानगरपालिका तथा बँगलाचुली गाउँपालिकामा सर्वसधारणलाई तीन सय कम्मल वितरण गरिएको जानकारी दिए । सुस्त श्रवन भएका व्यक्तिहरुका लागि कम्मल वितरण गरेर उद्योगले समाजिक उत्तरदायित्व निर्वाह गरेको तुलसीपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतले बताए । त्यसक्रममा तुलसिपुरका ब्यबसायी दामोदर भण्डारीले अशक्त मानिसलाई सबैले सहयोग गर्न जरुरी रहेको तर्क गरे । सगरमाथामा सिमेन्टले अन्य क्षेत्रमा पनि सहयोग गर्ने भण्डारीले बताए ।

कार्यक्रममा बहिरा संघकी निर्देशक प्रतिमा शर्माले होस्टेल र बिधार्थीलाई ब्यबस्थापन गर्न चुनौती थपिदै गएको हुँदा मानविय नाताले सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् । कार्यक्रममा रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीले राप्ती बहिरा संघलाई तत्काल स्थानीय सरकारले सहयोग गर्नु पर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७५ पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *