दाङ, पुस ५ । दाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नं को ट्याक्टर गए राती १ बजे उपमहानगरपालिका–३ को चौपट्टामा दुर्घटना हुँदा सो ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।
बर्दिया घेरुवा गाउँपालिका–५ का १६ वर्षीय सन्तलाल चौधरी सो दुर्घटनामा परी गम्भीर घाइते भएपछि घोराहीस्थित राप्ती स्वास्थ्य प्रतिष्ठानमा उपचारका क्रममा गए राति २ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेले बताए । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
प्रकाशित मिति : २०७५ पुष ५ गते बिहिवार