२०७७ कार्तिक ४ गते मङ्गलवार

पच्पन्नझ्याले दरबार सर्वसाधारणका लागि खुला

भक्तपुर, पुस ३। ऐतिहासिक पच्पन्नझ्याले दरबार सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।  भूकम्पपछि बन्द भएको दरबार भक्तपुर नगरपालिकाले सर्वसाधारणलाई अवलोकन गर्न आजबाट खुल्ला गरेको हो । उक्त दरबार साताको प्रत्येक मङ्गलबार र शुक्रबार सर्वसाधारणका लागि खुल्ला गरिने छ ।

दरबारभित्र प्रवेश गर्न सर्वसाधारणलाई प्रतिव्यक्ति रु २० र विद्यार्थी सहुलियत शुल्क रु १० को टिकट लिएर अवलोकन गर्न पाइनेछ । नगरपालिका र पुरातत्व विभागको विवादका कारण विगत २५ वर्ष बन्द भई सन् २०१२ सेप्टेम्बर ५ मा खुल्ला भएको यो दरबार भूकम्पपछि पुनः बन्द भएको थियो ।

प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *