२०८१ माघ १० गते बिहिवार

तुलसीपुर नगरजेसीजको अध्यक्षमा घिमिरे निर्वाचित


तुलसीपुर, २९ मंसिर ।
निर्वाचन प्रक्रियाबाट पहिलो पटक तुलसीपुर जेसिजले नयाँ नेतृत्व चुनेको छ । सहमतिको लामो प्रयास असफल भएपछि पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व छनौट भएको हो ।

नगर जेसीजको अध्यक्षमा मेघराज घिमिरे निर्वाचित भएका छन् । अध्यक्षका लागि शनिबार भएको निर्वाचनबाट ५० मत ल्याएर घिमिरे निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी डम्बर डाँगीले ३२ मत मात्र प्राप्त गरेका थिए । अध्यक्ष बाहेक अन्य पदमा भने सर्वसम्मत भएको छ । नयाँ समितिको कार्यकारीणी उपाध्यक्षहरुमा समीर न्यौपाने र केशवराज केसी चयन भएका छन ।

त्यस्तै उपाध्यक्षमा सुरज भण्डारी, पूर्ण बिक्रम डाँगी, चेतन कडेँल, एकराज भण्डारी रहेका छन । त्यस्तै सचिवमा मेघराज पोख्रेल चयन भएको निर्वाचन अधिकृत पूर्व अध्यक्ष विमल पौडेलले बताए । निर्वाचन अधिकृत पौडेलका अनुसार महासचिव र कोषाध्यक्ष भने अध्यक्षले बैठकबाट मनोनित गर्ने नीति रहेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *