२०७७ कार्तिक ४ गते मङ्गलवार

आर्थिक समृद्धिका लागि सहकारी


तुलसीपुर, मंसिर २९ ।
तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले सहकारीका माध्यमबाट आर्थिक समृद्धिमा लाग्न सबैलाई आग्रह गरेका छन् । उनले सानो सानो पँुजीलाई एकीकृत गरेर सहकारीले आर्थिक समृद्धिका लागि काम गरेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ भमकेमा रहेको मनकामना दूग्ध उत्पादन सहकारी संस्थाको १३औँ साधारणसभा एवं भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले दीर्घजीवनका लागि आहार र ब्यवहारमा परिर्वतन आवश्यक रहेको बताएका छन् । आधुनिक जीवनशैलीलाई हामीले परम्परागत आहार छोड्दै जानाले दीर्घ रोगहरुको प्रकोप बढ्दै गएको उनको भनाइ छ ।

‘हामीले दूध दही खान छोडेका छौँ, तर विभिन्न बहानामा मदिरा खाने शैलीको विकास भएको छ’ उनले आटो, ढिडो, तरुल आदि खानाले स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुनुका साथै आर्थिक विकासमा समेत टेवा पुग्ने उनको कथन थियो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले दूग्ध उत्पादनको क्षेत्रमा मनकामना सहकारीले गरेको प्रगतिको प्रशंसा गरेका थिए । कृषि र पशुपालन क्षेत्रको दिगो विकासका लागी स्थानीय सरकारले नश्ल सुधार र प्रविधि विकासमा जोड दिन आग्रह गरेका थिए ।

संस्थाका अध्यक्ष दुर्गाप्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुपबहादुर खत्री, संस्थाका सल्लाहकार सेवकराम भण्डारी, चन्द्रलाल भण्डारी, वडा नम्बर १ का अध्यक्ष लक्ष्मण भण्डारी, राप्ती समाचार दैनिकका अध्यक्ष संगीत बस्याल, राष्ट्रिय सहकारी बैंकका सहयक प्रवन्धक रेखा पौडेल, पशु सेवा शाखाका सुवास आचार्य, अरुणोदय सहकारी संस्थाका सचिव गोविन्दराज आचार्य, धनीराम रोका, खुमप्रसाद भण्डारी, खगेश्वर भण्डारीलगायतले बोलेका थिए ।

संस्थामा लेखासमितिको तर्फबाट संयोजक निमकान्त ढकालले, सांगठनिक प्रतिवेदन सचिव भुपती भण्डारीले, आर्थिक प्रतिवेदन खिमलाल पाण्डेले प्रस्तुत गरेका थिए । शेयर सदस्य यमप्रसाद भट्टराईको स्वागत मन्तब्यबाट शुरु भएको सभामा भिमकान्त भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *