२०७७ कार्तिक १२ गते बुधवार

समयसापेक्ष रेडियो कार्यक्रम आवश्यक


आशिष के.सी.
तुलसीपुर, मंसिर २९ ।
समय सापेक्ष रेडियो कार्यक्रम आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । रेडियोलाई टिकाई राख्न मुख्य तीन कुरा समाचार, कार्यक्रम र विज्ञापन आवश्यक पर्ने भएकाले यसलाई समय सापेक्ष बनाएर लैजान सहभागीहरुले जोड दिएका हुन् ।

रेडियो हाम्रो पहुँचको आयोजनामा रेडियोका कर्मचारी र कार्यक्रम उत्पादकहरुका बीचमा भएको एकदिने कार्यशाला गोष्ठीमा बोल्ने वक्ताहरुले समयको माग अनुसार समाचार र कार्यक्रम उत्पादन गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले रेडियोमा उत्पादित सामाग्रीलाई थप गुणस्तरीय बनाउनलाई कार्यक्रम उत्पादकले नै मेहनत गर्नुपर्ने बताए । पछिल्लो समय रेडियोका कार्यक्रम एउटै प्रकृतिका रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्दै रेडियो कार्यक्रममा नयाँपन दिन सहभागीहरुलाई सुझाव दिए ।

भण्डारीले समाचार र कार्यक्रम लोकप्रिय बनाई राख्न नयाँपन दिन आवश्यक रहेको र नयाँपन दिन सकिएमा रेडियो उत्कृष्ट बन्ने बताए । कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार भरत भण्डारीले आमश्रोतालाई आकर्षित गर्ने गरी कार्यक्रम चलाउन कार्यक्रम उत्पादकहरुलाई आग्रह गरे । उनले कार्यक्रम समय सान्दर्भिक, सिर्जनात्मक, कलात्मक र ब्यवहारिक हुनुपर्ने बताए ।

रेडियोका स्टेशन म्यानेजर बसन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका ब्यवस्थापक डिआर भण्डारीले आगामी दिनमा समयसापेक्ष कार्यक्रम ल्याउन कार्यक्रम प्रस्तोतालाई सुझाव दिए । कार्यक्रमको सहजीकरण रेडियोका कार्यक्रम संयोजक शिव पुनले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *