२०७८ बैशाख ४ गते शनिवार

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाण्डौ,फागुन २० । प्रतिनिधिसभा बैठकमा आफ्नो भूमिकाबारे थप रणनीति तयार गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजेका लागि बैठक डाकिएको छ ।

प्रतिनिधि सभा बैठक लक्षित समसामयिक राजनीतिक घटनाक्रम, संसद् र संसदीय दलमा के एजेण्डा लिएर जाने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ । सरकारमा जाने कि नजाने भनेर कांग्रेसमा दुई धार देखिएको छ ।

सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थाबाट भाग्न नहुने पक्षमा छन भने प्रतिपक्षमै रहेर अघि बढ्नुपर्ने पक्षमा नेता रामचन्द्र पौडेल छन । ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *