२०८१ बैशाख ८ गते शनिवार

अटोमा छोडिएको झोला प्रहरीकोमा

घोराही, मंसिर २९ ।
घोराहीमा एक अटो रिक्सामा बेवारिसे अवस्थामा नगद रकमसहितको झोला फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ट्राफिक चोकदेखि तुलसीपुर चोक हुँदै दिपशिखा चोकमा यात्रु छाडेर फर्कने क्रममा रा १ ह २८५९ नम्बरको अटो रिक्सामा छुटेको झोला जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

अटो चालक घोराही १४ का डम्बर नेपालीले प्रहरीलाई बुझाएका हुन् । झोलामा १५ हजार ५ सय ३२ रुपैयाँ, बिछिया २ वटा, पाउजु २ वटा, झोला एउटा, टाई र सर्ट पाईन्टको काँचो कपडा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उक्त झोलासहितका सामानहरु प्रहरीले सुरक्षित राखेको र सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

चोरी मोवाइलसहित एक पक्राउ

यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले चोरी गरेको मोवाइलसहित एकजनालाई पक्राउ गरेको छ । प्यूठान देविस्थान गाउँपालिका वडा नम्बर ४ घर भई हाल घोराही उपमहानगरपालिका १४ पुरानो बसपार्कमा डेरा गरी बस्ने निमबहादुर बोहरालाई मोवाइल चोरी गरेको अभियोगमा प्रहरी पक्राउ गरेको हो ।

बोहराले नयाँ बसपार्कबाट स्यामसुङ जे फाइभ र एप्पो कम्पनीका दुईथान मोवाइल शुक्रबार साँझ चोरी गरी फरार रहेको र प्रहरीले शनिबार मोवाइलसहित उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *