२०८२ असार ७ गते आइतवार

सरकारले बिप्लवमाथिको प्रतिबन्ध हटायो

सरकार र बिप्लव समुहबीच ३ बुँदे सहमति

दाङ, फागुन २० । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० समूहमाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको छ।

सरकार र बिप्लव समुहका बीचमा बिहीवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा भएको तीन बुँदे सहमति अनुरुप प्रतिबन्ध फुकुवा गरिएको हो ।

सररकार र विप्लव समूहका बीचमा भएको सहमति अनुरुप बिप्लवका नेता–कार्यकर्ता माथि लगाउँदै आएको मुद्दा फिर्ता गर्ने निर्णय पनि भएको छ ।

सहमति अनुरुप विप्लव समूहले अबदेखि आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्ने भएको छ ।

सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गरिने भएको छ ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ९बादल० ले र विप्लव समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड०ले जारी गरेको संयुक्त बिज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

त्यस्तै शुक्रबार दिउँसो २ बजे एउटै कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लव सार्वजनिक हुने भएका छन् ।

सरकारले प्रतिबन्ध लगाएपछि बिप्लव र उनका नेता कार्यकर्ता भूमिगत रुपमा कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए ।

सोही कार्यक्रममा उनीहरु दुबै जनाले सहमतिको विस्तृत विवरणसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस बज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *