२०८२ असार ९ गते मङ्गलवार

प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन

काठमाडौं,फागुन १९ । नेकपा प्रचण्ड(माधव समूहको केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरिएको छ ।

पेरिसडाँडामा बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरुलाई तीनपानेमा हस्ताक्षर संकलन गरिएको हो ।

‘यसअघिको हस्ताक्षर व्यवस्थित थिएन । त्यसैले तीनपानेमा ओरिजिनल हस्ताक्षर गरिएको हो’, स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भने ।

केन्द्रीय सदस्यहरुको नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र पनि संकलन गरिएको छ ।

यो हस्ताक्षर संकलन निर्वाचन आयोगमा पार्टी वैधानिकता दाबी गर्ने प्रयोजनका लागि गरिएको हो ।

बैठकले आयोगमा वैधानिकताको दबाब, संसद र सरकार निर्माणमा निर्णय लिन भने सचिवालय र स्थायी कमिटीलाई जिम्मेवारी दिइएको छ ।

केन्द्रीय कमिटी बैठक अगाडि स्थायी कमिटी बैठक बसेको थियो ।

स्थायी कमिटीको सिफारिसमा सुवास नेम्वाङ, महेश बस्नेत, विशाल भट्टराई लगायत सात जनालाई प्रचण्ड–माधव समूहले कारवाही गरेको छ ।

 

 

 

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *