दाङ,फागुन १८ । दाङमा कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप अभियान यहि फागुन २३ गतेदेखि सञ्चालन गरिने भएको छ ।
जसअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहका विभिन्न लक्षित समुदायका ६४ हजार ५ सय ७७ जना व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताए ।
उनका अनुसार जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा १६ हजार १ सय ८४ जना, घोराही उपमहानगरपालिकामा १७ हजार ८ सय १९ जना, शान्तिनगर गाउँपालिकामा ३ हजार ७ सय ७६ जना, दंगीशरण गाउँपालिकामा २ हजार ६ सय ८७ जना, बबई गाउँपालिकामा ३ हजार ४ सय ८१ जना, लमही नगरपालिकामा ४ हजार ८ सय ६६ जना, गढवा गाउँपालिकामा ३ हजार ४ सय २९ जना, राजपुरमा २ हजार ९ सय ५ जना, बंगलाचुलीमा ३ हजार ९ सय ९५ जना र राप्ती गाउँपालिकामा ५ हजार ४ सय ३५ जनालाई खोप लगाउने कार्यक्रम रहेको छ ।
त्यसका लागि जिल्लाका विभिन्न स्थानीय तहमा ८९ वटा खोप केन्द्र निर्धारण समेत गरिएको उनले बताए ।
तेस्रो चरणमा ५५ वर्षभन्दा माथिका नागरिक, शिक्षकलगायतका समूहहरुलाई राखिएको कार्यालयले जनाएको छ ।