तुलसीपुर, फागुन १७ । तुलसीपुर उद्योग बाणिज्य संघले सरुवा भएर जान लागेका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई बिदाई गरेको छ ।
बाणिज्य सघं सहित सामाजिक सघं सस्थाहरुको संयुक्त आयोजना बिदाई गरिएको हो ।
कोभिड नियन्त्रणमा प्रजिअले खेलेको भूमिका,कारागार सुधारको अभियान, नाका समस्याप्रति देखाएको चासो, क्रसर उद्योगहरुको निगरानी लगायत प्रजिअले खेलेका सुधारका कार्यहरुको आगामी दिनमा पनि निरन्तरताको बक्ताहरले अपेक्षा गरे ।
प्रजिअ आचार्यले भने आफु जिल्लामा रहँदा सम्म सबै क्षेत्रवाट सहयोग भएको भन्दै जिल्लाबासीको स्रहाना गरे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिह, निबर्तमान अध्यक्ष बिरबहादुर रावत, पुर्ब अध्यक्ष बिमल रिजाल,सल्लाहकारहरु अनुपकुमार श्रेष्ठ, मिनराज वली, प्रेस सल्लाहकार शरद रेग्मी, रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष देवबहादुर केसी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
सघंका कार्यबाहक अध्यक्ष मिनराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रुपबहादुर खत्रीले गरेका थिए भने कार्यक्रमको सहजीकरण संघका महासचिब बिनिल केसीले गरेका हुन ।
कार्यक्रममा संघका सल्लाहकारमा मनोनित अनुपकुमार श्रेष्ठ, मिनराज वली , सदस्यमा मदन केसी र मोहन भण्डारीलाई स्वागत गरिएको थियो ।

