घोराही, फागुन १७ । भ्रष्टाचारका विरुद्ध राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ घोराही नगर समितिले घोराहीमा अटो तथा मोटरसाईकल ¥याली गरेको छ ।
घोराहीको ट्राफिक चोकबाट सुरु भएको ¥याली गुजुरी बजार, नयाँ बजार, आर्मी ब्यारेक, लखनपार्क, दामोदर चोक, तुलसीपुर चोक, नापी शाखा चोक, जिल्ला प्रसासन , अदालत रोड हुँदै सहिदगेट पुगेर कोणसभामा परिणत भएको थियोे ।
उक्त सभालाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले एमसिसी सम्झौता कार्यान्वयनमा आए देशको राष्ट्रियता असंलग्न प्रराष्ट नीति सबै समाप्त हुने बताए ।
भ्रष्टाचारलाई रोक्न सके र प्राकृतिक श्रोत साधनको समुचित उपयोग गर्न सके एमसिसीको ५५ अरब होइन हजारौं ५५ अरब स्वदेशमै रहेको उनले बताए ।
कार्यक्रममा अखिल नेपाल युबक संघका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष चित्र एमसीले सबै खाले राष्ट्रघात, भ्रष्टाचार र अनियमितताका विरुद्ध अखिल नेपाल युबक संघ खबरदारी गर्दै आएको कुरा बताए ।
उक्त कार्यक्रमको सहजीकरण अखिल छैठौंकी केन्द्रीय सदस्य खग्रेन्द्रा बिष्टले गरेकी हुन ।