तुलसीपुर,फागुन १६ । दाङमा पश्चिम नेपाल शैक्षिक परामर्श संगठन (डब्लुयनसिओ) गठन गरिएको छ ।
घोराहीमा भएको उक्त भेलाले अध्यक्षमा मितेरी एजुकेसन घोराहीका संचालक कुलदिप शर्मा चयन गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा क्योदाई मल्टिप्रपोज घोराहीका सुर्यबहादुर केसी,सचिवमा मिलिजुली एजुकेसन तुलसीपुरका सौरभ शर्मा,सह–सचिवमा गोयल एजुकेसन लमहीका पोषन अधिकारि र कोषाध्यक्षमा ओसिस एजुकेसन तुलसीपुरका प्रतिक रेग्मी चयन भएका छन ।
त्यस्तै भेलाले संगठनको सदस्यहरुमा सेवा एडुकेएर कन्सल्टेन्सीका मनोज पौडेल,फुजि एजुकेसन घोराहीका लक्ष्मण प्रसाद शर्मा ,ओपन स्काई तुलसीपुरका सन्तोष सुनार र ओहयो एजुकेसन तुलसीपुरका तलित कुमार वलि चयन गरेको छ ।
त्यसैगरि पश्चिम नेपाल शैक्षिक परामर्श संगठनको सल्लाहकारमा एड्भान्स एकेडेमी घोराहीका छवि गिरी र राइटपाठ तुलसीपुरका मेघराज वलि लाई चयन गरिएको छ ।
पश्चिम नेपालमा रहेको सम्पूर्ण संस्थाहरुलाई संगठनमा आवद्ध गराउने र बैदेशीक शिक्षा आर्जन गर्न बिदेश जाने विद्यार्थीहरुलाई थप स्तरिय शिक्षा पश्चिम नेपालबाटै उपलब्ध गराउने लक्ष्यका लागि उक्त संगठन गठन गरिएको सचिव सौरभ शर्मा जानकारी दिए ।