२०७८ बैशाख ४ गते शनिवार

सहायक प्रअ श्रीधर घिमिरे घरको आँगनमा मृत भेटिए


तुलसीपुर, फागुन १४ । घोराही सौंडिकुला निवासी श्रीधर घिमिरे आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १० सौंडिकुला निवासी घिमिरे मावि लमडरुवाका सहायक प्रधानाध्यापक हुन । अन्दाजी ४३ बर्षीय घिमिरे श्रीमति र बच्चा माइतीको गएको हुँदा बिहीवार राति घरमा एक्लै रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द्रप्रशाद रिजालले घिमिरेको घरको दोस्रो तल्लाबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको बताए । ‘उहाँको शव घरको दोस्रो तल्लको सौचालय मुनि आँगनमा फेला परेको हो,’डिएसपी रिजालले भने ‘सौचालय जान खोजेका घिमिरे झुक्किएर झ्यालबाट लडेर मृत्यु भएको अनुमान भइरहेको छ ।’

घिमिरेको घर भित्र कोठामा खाँदै गरेको मदिरा समेत फेला परेको हुँदा मदिरा सेवन गर्दे गर्दा सौचालय जाने क्रममा उनी घरको दोस्रो तलाबाट लडेर मृत्यु भएको देखिन आएको डिएसपी रिजालले जानकारी दिए ।

‘उहाँको शरिरमा अन्तकतै चोटपटक छैन, गाला धस्सिएको छ र नाक, मुखबाट रगत आएको अवस्थामा शव फेला परेको छ,’ रिजालले भने ‘शब पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइ सकिएको छ ।’पोष्ट मार्टम रिपोर्ट पछि थप कुरा भन्न मिल्ने प्रहरीले बताएको छ । घिमिरेले मृत्यु भएकै दिन एउटा भावुक पोष्ट पनि गरेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *