तुलसीपुर, फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समुहका नेता तथा लुम्बिनी प्रदेशका इञ्चार्ज युवराज ज्ञवालीले अब मिलिजुली सरकार बन्ने बताएका छन् ।
नेपाली काँग्रेस लगाएका दलहरुसंग मिलेर मिलिजुली सरकार निर्माण गर्ने उदेश्यका साथ छलफल सुरु भएको उनले बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लाज भए तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताए ।
नेता ज्ञवालीले भने ‘यदी उहाँले राजीनामा दिनु भएन भने पनि हामी संसदमा अबिस्वासको प्रस्ताब पेश गरी अब बहुमतले फ्याँकि दिनेछौं ।’
सर्वौच्चले अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुर्नंस्थापित गरि १३ दिन भित्र संसद अधिबेशन बस्न आदेश गरि सकेको सन्दर्भ उल्लखे गर्दै पूर्व मन्त्री समेत रहेका नेता ज्ञवालीले आफुहरुले त्यसको तयारी समेत गर्ने जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकार बारे के हुन्छ रु भन्ने प्रश्न गर्दा – प्रतिनिधि सभा बैठक बसेपछि केन्द्रमा जस्तो बाहोल बन्छ प्रदेशहरुमा पनि त्यही अनुसारको सरकार निर्माण हुने प्रतिक्रिया दिए ।
त्यस्तै उनले प्रतिनिधि सभा पुर्नंस्थापित गर्ने सर्बौच्चको निर्णय ऐतिहासिक र जनताको पक्षमा भएको प्रतिक्रिया दिए ।