काठमाडौं,फागुन ६ । अदालतको अवलेहना मुद्दामा बिहीबार लिखित जवाफ दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको बताए ।
आफैं अदालतमा उपस्थित भएर बुझाएको ११ बुँदे लिखित जवाफमा प्रधानमन्त्री ओलीले आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनेर कल्पना गर्नु नै दुराग्रहपूर्ण भएको बताएका छन् ।
उनले मौलिक हकमा अतिक्रमण हुने गरी अभिव्यक्ति दिएको भन्ने रिट निवेदकको दाबीको कुनै आधार नभएको बताए ।
प्रधानमन्त्री ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको र अदालतको अवहेलना कहिल्यै नगरेको बताए । उनले अवहेलनाको निवेदन खारेज गर्न माग गरेका छन् ।
अदालतबाट भएका फैसलाको आफू र आफ्नो नेतृत्वको सरकारले सदैव पालना गरेको उनले बताए
प्रधानमन्त्री ओलीले आफूले नेकपाको कार्यकर्ता भेलामा सम्मानित सर्वोच्च अदालतमा मैले पेश परेको लिखित जवाफ सम्बन्धमा आफ्नो केही भनाइ राखेको र त्यसमा बोलिएका केही शव्द तथा वाक्य उल्लेख गरी पूरा शब्द तथा वाक्यलाई नहेरी गलत ब्याख्या गरिएको बताए।
मुद्दा चलाउन पाइन्छ कि भनी मनपरी ढंगले बीच(बीचबाट शब्द निकाली फूलबुट्टा भरी प्रस्तुत निवेदन गरेको उनले आरोप लगाए।