२०७७ कार्तिक १२ गते बुधवार

अग्निपीडितलाई घिमिरेलाई डेढलाख राहत


तुलसीपुर, मसिर २८ ।
अग्निपीडित व्यवसायीलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ले एकलाख रुपैयाँ राहात प्रदान गर्ने भएको छ । वडा अध्यक्ष वीरेन्द्रकुमार शाहको अध्यक्षमा शुक्रबार बसेको भेलाले राहतस्वरुप एकलाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

तुलसीपुर ५ स्थित अन्नपूर्ण ट्रेडर्समा शुक्रबार बिहान आगलागी हुँदा झण्डै ५ करोड बराबरको क्षति भएको बताइएको छ । ब्यवसायी भिम घिमिरेको आफ्नै घरमा रहेको होलसेल जुत्ता पसलमा आगलागी भएको घटनाप्रति दुःख व्यक्त गर्दै राहत स्वरुप एकलाख सहयोग प्रदान गर्ने निर्णय भएको वडा सदस्य सुरेश कुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै अग्निपीडित घिमिरेलाई तुलसीपुर उद्योग वाणिज्य संघले ५१ हजार सहयोग प्रदान गरेको छ । वाणिज्य संघका सदस्य ब्यवसायी समेत भिम घिमिरेलाई संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले तत्काल राहतस्वरुप ५१ हजार सहयोग गर्ने निर्णय गरेको हो । संघले घिमिरेलाई ५१ हजारको चेक प्रदान गरेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *