तुलसीपुर,फागुन १ । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि मतदान जारी छ ।
हालसम्म करिब १२ सय मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ।
मतदानमा १ हजार ८ सय ६ व्यवसायीहरु सहभागी हुने छन् ।
विहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बेलुका ५:३० बजेसम्म रहने निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले जानकारी दिए ।
तुलसीपुर उद्योग वाणिज्यसंघको मुख्य कार्यालयमा मतदान भइरहेको छ ।
संघको १७ सदस्यीय पदाधिकारीका लागि ४१ जना चुनावी प्रतिपर्धामा उत्रिएका छन् ।
प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार