तुलसीपुर, माघ २९ । नेपाली काँग्रेसका आधिकारीक उम्मेदवारहरुलाई समर्थन गर्दै तुलसीपुर उद्योग बाणिज्य संघमा उम्मेदवारी दिएका थप तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
बाणिज्य संघको सह–कोषाध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हेमेन्द्र खड्का, सदस्य पदमा उम्मेदवारी दिएका दूर्गाबहादुर खड्का र महिला सदस्य पदमा उम्मेदवारी दिएकी यमकुमारी घिमिरेले बिहीवार बिहान संयुक्त बिज्ञप्ति मार्फत नेपाली काँग्रेसका आधिकारीक उम्मेदवारलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।
उनीहरुको हस्ताक्षरसहित जारी गरेको छोटो बिज्ञप्तिमा फागुन १ गते हुने तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा नेपाली काँग्रेसका आधिकारीक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको उल्लेख छ ।
काँग्रेसबाट उम्मेदवार छनोट गर्न गठिन संयन्त्रका संयोजक केशबराज आचार्यलाई सम्बोधन गर्दै उनीहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
उम्मेदवारी फिर्ता लिएपछि सह–कोषाध्यक्ष पदका उम्मेदवार हेमेन्द्र खड्काले आफुले बुधबार बेलुका नै आफ्नो मनोनयन फिर्ता लिन चाहेको भएपनि समय अभावका कारण संभब नभएको हुँदा बिहीवार बिहान पार्टीका उम्मेदवारको पक्षमा समर्थन जनाएको बताए ।
‘हामी पार्टी हित बिपरित जाने कुरै आउँदैन,’ खड्काले भने ‘ पार्टी भन्दा माथि ब्यक्ति हुँदैन भन्ने मान्नेताका साथ मैले उम्मेदवारी फिर्ता लिएको हुँ ।’ उनले आफुलाई मतदान नगर्न र नेपाली काँग्रेसका आधिकारीक उम्मेदवारलाई मतदान गरि बिजयी गराउन फरककोण मार्फत आग्रह गरे ।
त्यस्तै सदस्य पदमा उम्मेदवारी दिएपनि काँग्रेसका उम्मेदवारका लागि आफ्नो उम्मेदवारी लिएका दूर्गाबहादुर खड्काले आफुले पार्टीकै साथीकहरुको आग्रहमा उम्मेदवारी दिएको र पार्टीकै साथीहरुको हितको लागि उम्मेदवारी फिर्ता लिएको प्रतिक्रिया दिए ।
‘नेपाली काँग्रेसको नीति अनुसार म हैन हामी भन्ने मान्नेता आत्मसाथ गर्दै पार्टीकै साथीहरुलाई बिजयी गराउन मैले उम्मेदवारी फिर्ता लिएको हुँ,’ खड्काले भने ‘ सबैले काँग्रेसका उम्मेदवारका पक्षमा मतदान गरि अत्यधिक बुहुमतले बिजयी गराउन म हार्दिक अपलि गर्दछु।’
प्राबिधिक कारणले निर्वाचन समितिको उम्मेदवारमा आफ्नो नाम समेत सदस्यमा रहेपनि आफुलाई मतदान नगर्न र काँग्रेसका उम्मेदवारका पक्षमा मतदान गर्न उनले आग्रह गरे ।
त्यस्तै उनले पार्टीले आफुहरुको त्यागलाई पार्टीले समेत स्वागत गरेको भन्दै खुसी साटे ।
संघको नयाँ नेतृत्व चुन्न फागुन १ गते निर्वाचनको मिति घोषणा गरिएको छ ।