२०८१ चैत्र ९ गते शनिवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको आन्दोलन फिर्ता


दाङ, मंसिर २८ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले सुरु गरेको आन्दोलन फिर्ता भएको छ । राप्ती उपक्षेत्रीय अस्पताल ब्यवस्थापन समितिले नियुक्त गरेका कर्मचारीले सुरु गरेको आन्दोलन जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि आन्दोलन फिर्ता भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले प्रतिष्ठानले साउन महिनादेखिको तलब दिने, माघ १ गतेदेखि असारसम्मको करारपत्र दिने सहमति भएपछि आन्दोलन फिर्ता लिएको संघर्ष समितिका संयोजक हिमराज गौतमले जानकारी दिए ।

राप्ती उपक्षेत्रीय अस्पताल ब्यवस्थापन समितिले नियुक्त गरेका कर्मचारीहरुले प्रतिष्ठानले आफूहरुलाई हटाउन खोजेको र साउनदेखिको तलब नपाएको भन्दै बुधबारदेखि आन्दोलन सुरु गरेका थिए । जिल्ला प्रशासन कार्यालयको रोहबरमा भएको छलफलले मौखिक रुपमा प्रतिष्ठानले कर्मचारीका माग सुनवाई गर्ने भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको संयोजक गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *