२०८१ मङ्सिर १७ गते सोमवार

केपी ओली कागजी बात्साहुन – रामकुमारी झाँर्की

काठमाडौं, माघ २६ । प्रचण्ड – नेपाल समुहकी नेतृ रामकुमारी झाँर्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कागजी बात्साको संज्ञा दिएकी छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटनको गरेको विरोधमा बुधबार प्रचण्ड–नेपाल समुहले काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य झाँर्कीले ओलीलाई कागजी बात्साको संज्ञा दिएकी हुन ।

‘ केपी ओली कागजी बात्सा मात्रै हुन र उनी ढलिसकेका छन् अब घोषणा हुन मात्रै बाँकी छ,’ उनले भनिन् ।

स्टेजमा पुग्दा नेतृ झाँक्रीले प्रतिगमन मुर्दाबाद लेखेको कालो कपडा शरीरबाट निकालेर फालेकी थिइन । झाँक्रीको हातमा कालोपट्टी पनि बाँधिएको थियो।

झाँक्रीले मास्क फुकालेपछि उनको मुखमा कालो टेप टाँसिएको थियो। माइकमा बोल्ने क्रममा उनले उक्त टेपपनि निकालेर फालेकी थिइन । त्यसपछि उनले भनिन् ‘ बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौं। हामीले ल्याएको ब्यबस्थामा बोल्न पाइन्छ ।’

झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध केही समय पहिले बोलेको विवादित भनिएको अभिव्यक्तिबारे पनि स्पष्टीकरण दिने प्रयास गरेकी थिइन ।

‘संस्थाको कुनै लिंग हुँदैन। त्यो सार्वजनिक हुन्छ,’ उनले भनिन,‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ ।’

झाँक्रीको यसअघि प्रतिनिधि सभा विघटनमा राष्ट्रपति भण्डारीको भूमिकाको आलोचना गर्दै कोटेश्वर नभए उनलाई बालकोट जान भनेकी थिइन ।

जसका कारण उनको चर्कौ बिरोध भएको थियो । त्यो अभिब्यक्तिपछि ओली पक्षका केही महिला नेतृहरुले झाँर्कीलाई पक्राउ गर्न भन्दे गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

 

 

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *