२०८१ जेष्ठ १७ गते बिहिवार

बाणिज्य संघमा उम्मेदवारको किचलो मिलाउन काँग्रेस संयन्त्र फेरि छलफलमा जुट्ने

तस्विर ः शरद रेग्मी ।

तुलसीपुर, माघ २८ । तुलसीपुर उद्योग बाणिज्य संघमा उम्मेदवारको किचलो मिलाउन नेपाली काँग्रेसको संयन्त्र पुनः केही बेरमा छलफलमा जुट्ने भएको छ ।

बुधबार बिहान होटल वष्टर्न प्यालेसमा भएको छलफल सकारात्मक रुपमा अगाडि बढेपछि अन्तिम टुँगो लगाउन खाना खाएर फेरि एक पटक संयन्त्रका पदाधिकारी छलफलमा जुट्ने निर्णय भएको संयन्त्रका एक सदस्यले जानकारी दिए ।

होटेलमा भएको छलफलमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत (बीरु), पूर्व अध्यक्ष बिमल रिजाल, प्रजातान्त्रिक उद्योग व्यापार संघका अध्यक्ष जनकप्रशाद खराल, नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीका घर्ती लगाएत झन्डै डेढसय जना ब्यक्तिहरुको बीचमा खुल्ला छलफल भएको थियो ।

बैठकपछि उम्मेदवार छनोट समितिका संयोजक केशब आचार्यले यसअघि काँग्रेसले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका नामहरु नै पार्टीका आधिकारीक उम्मेदवार हुने प्रतिक्रिया दिएको पत्रकार शरद रेग्मीले जानकारी दिए ।

यद्यपी उनले पनि खाना खाएर पुनः एक पटक छलफलमा बस्ने बताए ।

आइतबार तुलसीपुरस्थित एकान्त होटेलमा पत्रकार सम्मेलन गरि काँग्रेसले आफ्नो पार्टीको तर्फबाट संघमा पठाउने उम्मेदवारहरुको नाम सार्वजनिक गरेको थियो ।

 

उम्मेदवार छनोट समितिका सदस्य सुरेन्द्र खड्काले अध्यक्षमा टेकनप्रशाद बस्नेत (हिमाल), ललितजंग शाह उद्योग उपाध्यक्ष, गोकर्णप्रशाद गिरी बाणिज्य उपाध्यक्ष, देबबहादुर केसी खुल्ला उपाध्यक्ष, बिनिल केसी महासचिव, सचिव खुलश शर्मा,दिलबहादुर वली कोषाध्यक्ष र कमल गौतमलाई सहकोषाध्यक्षमा उम्मेदवार चयन गरिएको पत्रकार सम्मेलनमा बताएका थिए ।

त्यस्तै सदस्यहरुमा जनक रावत, झुपलाल खड्का, लिलामणि चौधरी, पवन केसी, कृष्ण डाँगी, महिला सदस्यमा यमुना घिमिरे, निलम बस्नेत, प्रमोद सोनी संस्थागत सदस्य र संदिपन रिजाललाई एसोसियट सदस्यको उम्मेदवार बनाइएको थियो ।

जसमध्य एसोसियट सदस्य संदिपन रिजाल र प्रमोद सोनी संस्थागत सदस्यमा निर्बिरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचन समितिका अनुसार बुधबार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने अन्तिम दिन हो ।

संघको नयाँ नेतृत्व चुन्न फागुन १ गते निर्वाचनको मिति घोषणा गरिएको छ । तुलसीपुर बाणिज्य संघमा १ हजार ८ बढी मतदाता रहेका छन ।

 

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *