तुलसीपुर,माघ २७ । यातायात व्यबसायी तथा नेपाली काँग्रेसका नेता सुरेश हमालले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्रीका ९ बर्षीय सुमन बिकलाई बोर्डिङ स्कूलमा पढाउने घोषणा गरेका छन् ।
रोटरी क्लव अफ तुलसीपुरका अध्यक्ष समेत रहेका हमालले मंगलबार बिकको घरमा क्लवले शंकल गरेको नगद तथा खाद्यान्न हस्तान्तरण कार्यक्रममा फागुनदेखि बिकलाई निशुल्क रुपमा बोर्डिङमा पढाइदिने घोषणा गरेका हुन ।
हमालले फागुन १ गतेदेखि समुनलाई तुलसीपुरस्थित सक्सेस बोर्डिङ स्कूलमा पढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।एक बर्षका लागि मात्रै हैन हमालले सुमनलाई १० कक्षासम्म बोर्डिङमा पढाइदिने घोषणा गरेका छन् ।
सुमनले बोर्डिङमा पढ्दा लाग्ने सम्पूर्ण खर्च र त्यसको सवै व्यवस्थापनको जिम्मा लिने घोषणापनि गरेका छन् ।अब सुमन राम्रीस्थित घरबाटै बसमा चढेर पढ्न आउने कि बजारमै बसेर पढ्ने ? भन्ने कुराको टुँगा एक÷दूई दिन भित्रमै लगाइने हमालले बताए ।
त्यसक्रममा हमालले सुमनको लागि उच्च शिक्षा सम्म पनि पढ्ने चाहना र क्षमता भए त्यसैका आधारमा भबिष्यमा फेरि निर्णय गरिने आश्वासन समेत दिए ।त्यो बाहेक रोटरी क्लबले ३ क्वीन्टल चामल, २५ किलो दाल, २५ लिटर खाने तेल र नगद ७ हजार पनि सुमनलाई सहयोग हन्तारण गरेको क्लबका महासचिव देबेन्द्र केसीले बताए ।
क्लबद्धारा संकलित रकम मंगलबार मात्रै क्लवका नोमिनी अध्यक्ष शिव श्रेष्ठ र अध्यक्ष शुरेश हमालले सुमनको घरमै पुगेर हस्तान्तरण गरेका हुन ।त्यही सहयोग लगेर गएको समयमा समुनको घर परिवारको अवस्था देखेपछि सुरेश हमालले उनलाई १० कक्षासम्म बोर्डिङमा निशुल्क पढाउने घोषणा गरेका हुन ।
सुमनले ९ बर्षमै आमाका काज क्रिया गरे
समुनले २५ गते मात्रै ९ बर्षकै उमेरमा आफ्नी आमा मनकुमारीको काजक्रिया सकेका छन् । आफ्नो जातिय परम्परा अनुसार उनले २५ गते आमा मनकुमारीको काजक्रिया गरेका हुन ।दम र उच्च रक्तचापकी बिरामी उनकी आमाको माघ २१ गते मृत्यु भएको थियो ।४५ बर्षीया मनकुमारीले गरिबीका कारण उपचार पाइनन् ।
सुमनका बुवा जोकबहादुर मोतियाबिन्दुका कारण आँखा राम्रो संग देख्न सक्दैनन् ।तीन बर्ष अगाडिदेखि उनी मोतियाबिन्दुका कारण ग्रसित भएको र आँखा कम देख्ने अवस्थामा पुगेका छन् ।केही दिन पहिले मात्रै गाउँलेहरुको सहयोगमा राप्ती आँखा अस्पतालमा जोकबहादुरको मोतियाबिन्दुको सल्यक्रिया गरेका छन् ।
त्यसपछि भने उनले अलिअलि आँखा देख्न थालेका छन् । सुमनकी ११ बर्षीया दिदी मनिसा पनि छन् ।सुमनको परिवार अति बिपन्न छ । उनीहरुलाई साँझ बिहान खान समेत समस्या छ ।स्थानीय यज्ञबहादुर बुढाले आफ्नो सामाजिक सञ्जालमा माघ २३ गते ९ बर्षीय सुमन आफ्नी आमाको काजक्रिया बसेको र उनको आर्थिक अवस्था निकै कमजोर रहेको भन्दै साहेताका लागि िएउटा स्ट्याटस लेखेका थिए ।
त्यो स्ट्याटस देखेर अमेरिकाबाट ११ बर्षीय विशाल पौडेलले ११ हजार आर्थिक सहयोग पठाए । त्यो रकम पठाउन तिर्थ पौडेलले समन्वय गरे ।अमेरीकाबाट सुमन कै उमेर बरावरका बालकले सहयोग पठाएको चर्चाले अन्यको पनि ध्यानआर्षित गरेको थियो ।पछिल्लो समय समुनलाई ब्यक्ति बिशेष र बिभिन्न संघ संस्थाहरुले पनि नगद तथा खाद्यान्न सहयोग गर्ने गरेका छन् ।