दाङ, माघ २४ । कैलालीमा माटोको ढिस्कोमा पुरिदा तीन जनाको मृत्यु भएको छ। थप दूई जना घाइते भएका छन् ।
जानकी गाउँपालिका ९ खैरीफाटा कालीका सामुदायिक वनमा माटो खन्न गएका पाँच जनामध्ये १७ वर्षीया धनसरी सवाल, २० वर्षीय भावना वड र ३० बर्षीया गंगादेवी जयगडीको मृत्यु भएको छ ।
सवाल र बडको घनास्थलमै र जयगडीको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ढिस्को पुरिएर १२ वर्षीया काजल सवाल र अन्जु जगयढीको टिकापुर अस्पतालमै उपचार भइरहेको छ।
घटना शनिबार मध्यान्ह १२ बजेतिरको हो । उनीहरु घर लिप्ने माटो लिन भनेर गएका थिए ।
प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार