२०८२ बैशाख ११ गते बुधवार

ट्रयाक्टरको ठक्करबाट एउटै मोटरसाईकलमा सवार ३ मध्ये २ जनाको मृत्यु

तुलसीपुर, माघ २४ । पश्चिम दाङमा ट्याक्टरको ठक्करबाट एउटै मोटरसाईकलमा सवार तीन जना मध्य दूई जनाको मृत्यु भएको छ । अर्का एक जनाको उपचार भइरहेको छ ।

दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुलीका २५ बर्षीय बिबेक थापा र वडा नं. ४ बैबाङका २६ बर्षीय दिनेश खड्काको मृत्यु उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक झकल शर्माले फरककोणलाई बताए ।

दूर्घटनामा परि सोही मोटरसाईकलमा सवार दंगिशरण ३ रातवगाउँका २४ बर्षीय आँकाश कँडेल घाइते भएका छन् । उनको पनि कोहलपुरमा उपचार भइरहेको छ ।

शुक्रबार बेलुका सवा ८ बजेतिर तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा १ त ३४४१ नम्वरको ट्रयाक्टरले पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ६ प १४३४ नम्वरको मोटरसाईकललाई दंगिशरण ५ लौबस्ता भन्ने ठाउँमा ठक्कर दिएको थियो ।

दूर्घटना पछि घाइतेलाई उद्धार गरि राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि तीनै जनालाई गएराति नै बाँकेस्थित 95ोहलपुर मेडिकल क%0ेजमा रिफर गरिएको थियो । त्यही मोटरसाईकल चालक थापा र त्यसको पछाडि सवार खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी निरिक्षक शर्माले तीब्र गतिका कारण उक्त दूर्घटना भएको हुन सक्ने पूर्व अनुमान गरिएको बताए ।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *