तुलसीपुर, माघ २३ । बिहीवार राति घोराहीबाट सात जुवाडे पक्राउ परेका छन् ।
उनीहरुको साथबाट दूई लाख २० हजार सात सय रकमपनि बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले घोराही ९ का ३८ बर्षीय प्रज्वल शाह, सोही ठाउँका ५४ बर्षीय होमबहादुर केसी, घोराही २ का २३ बर्षीय रोहन खाती, घोराही १६ का ३३ बर्षीय धिरण शाह, घोराही १३ का २० बर्षीय सुनिल पुन मगर, घोराही ७ का २२ बर्षीय पंकज पन्त र रोल्पा जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं। ७ का २२ बर्षीय बिजय गाहा मगर रहेको फरककोणलाई बताए ।
गएराति साढे १० बजेतिर उनीहरुलाई घोराही उपमहानगरपालिका वडा नं. ७ तेघरा गाउँमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिए ।
पक्राउ परेकाहरु बिरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारबाही गरिने प्रबक्ता रिजालले बताए ।
प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार