दाङ, माघ २३ । दाङबाट रोल्पा जान हिडेको भाडाको स्कार्पियो दूर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
दूर्घटनामा परि थप दश जना घाइते भएका छन् । घाइते मध्य चालकको अवस्था गम्भीर छ ।
दूर्घटनामा परि अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. ८ का ४२ बर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए ।
प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका निवासी चालक दशरथ बिश्वकर्मा गम्भीर घाइते भएका छन् ।
दूर्घटनाका अन्य थप ९ जना घाईतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
दाङको भालुबाङबाट रोल्पा जिल्लाको सुलिचौरतर्फ जाँदै गरेको रा १ ज ८०९ नम्वरको भाडाको स्कार्पियो बिहान साढे ९ बजेतिर प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ६ मोतिपुरमा दूर्घटनमा परेको थियो ।
घाइते यात्रुहरुले स्कार्पियोको ब्रेक फेल भएर उक्त दूर्घटना भएक%0 बताएका छन् ।
गाडी सडकदेखि झन्डै ४५ मिटर तल खसेको छ । प्रहरीले घटनाबारे %A प अनुसन्धान भइहरेको जानकारी दिएको छ ।