२०८२ जेष्ठ ४ गते शुक्रवार

उपराष्ट्रपति र सभामुखद्वारा सपथ ग्रहण समारोह बहिस्कार

काठमाडौं,माघ २१ । कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन् ।

बुधबार बिहान राष्ट्रिपति कार्यालय शीतल निवासमा भएको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् ।

सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो ।

तर, संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकाले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नियुक्ति सिफारिस फिर्ता गरिदिएका थिए ।

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *