काठमाडौं, माघ २० । खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु जेलमा पुगेर सरकारद्धारा प्रतिबन्धित बिप्लव नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका छन् ।
दुई वर्षदेखि नख्खु जेलमा रहेका बिप्लव नेता वलीलाई मंगलबार बिहान १० बजे जेलमा पुगेर मन्त्री थापाले भेटेका हुन ।
सरकारले बिप्लप समुहसंग वार्ताको तयारी गरिरहेको भन्ने चर्चा चलिरहेको समयमा मन्त्री थापाले जेलमा रहेका बिप्लपका नेता भेटेका हुन ।
यद्यपी सरकारी अधिकारीहरुले भने कारागारमा खानेपानी, सरसफाई तथा ढल निकासका समस्याहरू बुझ्न भनेर मन्त्री थापा कारागार पुगेको समयमा बिप्वपका नेतालाई भेटेको प्रतिक्रिया दिएका छन् ।
त्यसक्रममा मन्त्री थापाले अन्य कैदीबन्दीसँग पनि कारागार सुधारका बारेमा कुरा गरेका थिए ।
प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार