२०७७ मङ्सिर १७ गते बुधवार

अमिलिया प्रहरीको सचेतना गोष्ठी


श्रीराम दहित
अमिलिया, २६ मंसिर
ईलाका प्रहरी कार्यालय अमिलियाले बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना गोष्ठी माध्यमिक विद्यालय अमिलियामा अध्यनरत विद्यार्थीहरुकोको सहभागितामा अमिलियामा भएको छ । सामाजिक रूपमा जरा गाडेर बसेका संस्कारजन्य विकृति बालविवाहलाई न्यूनीकरण गरी सुव्यवस्थित परिवार, समाज र राष्ट्र निर्माणका लागि ‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ नेपाल प्रहरी नियमित कार्ययोजना अनुसार गोष्ठी ईलाका प्रहरी कार्यालय अमिलियाका विद्यालय र सेवा क्षेत्रमा रहेका संघसंस्थाहरुको सहभागिता तथा समन्वयमा गरेको निमित्त प्रमुख प्रहरी नायब निरीक्षक परग नारायण चौधरीले बताए ।

गोष्ठीको सहजीकरण प्रहरी सहायक निरीक्षक बेगम बहादुर रोका क्षेत्रीले बालविवाह के हो ? बालविवाह हुनुको कारण के हो ? बालविवाहबाट व्यक्ति र समाजमा पर्ने नकारात्मक प्रभाव । बालविवाह रोकथाम र कानुनी व्यवस्था को बारेमा तथा डकुमेन्ट्री प्रदर्शनी गरेका थिए ।

समुदायमा विकराल रूपमा रहेको बालविवाहका कारण बलात्कार, डिप्रेसन, हत्या, आत्महत्या वैवाहिक कार्य दिगो नहुने लगायतका समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गरी सचेतना गोष्ठी गरेकोमा ईलाका प्रहरी कार्यालय अमिलिया दाङलाई विद्यालयका प्रधानाध्यापक गोपाल न्यौपानेले धन्यवाद दिए ।

विद्यमान मुलुकी ऐनमा बालविवाह गराउने व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँ जरिवाना उल्लेख भएता पनि कार्यान्वयन नहुँदा न्यूनीकरण हुन नसक्नु हो यसका लागि सरोकारवाला संघसंस्था नेपाल प्रहरी कानुन व्यवसायी पत्रकार शिक्षकको सहयोगमा यस किसिमका गतिविधिमा संलग्नता रहेकालाई कानुनी कठघरामा उभ्याउन सहयोगको जरुरी रहेको शिक्षक श्रीराम दहितले राय व्यक्त गरे ।

गरिबी, बेरोजगारी, संस्कारका कारण किशोरकिशोरीहरु बालविवाहबाट बञ्चित रहने बेला–बेलामा यस किसिमका सचेतना गोष्ठी गरिनुपर्छ भन्दै सहभागी विद्यार्थीहरुले राय व्यक्त गरेका थिए । यसैबीच ईलाका प्रहरी कार्यालय अमिलिया दाङले लमही नगरपालिकाअन्तर्गत वडा नम्बर ८ र ९ मा घरेलु हिंसा, बलात्कार, बहुविवाह, चोरी, तस्करी सचेतना गोष्ठी सरसफाईजस्ता पहिलो चरणका गतिविधि सम्पन्न गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *