२०८१ बैशाख ८ गते शनिवार

प्रधानमन्त्री ओलीले गरे राप्ती पुलको उद्धघाटन

फोटोःशरद रेग्मी ।

दाङ,माघ १२ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी स्थित राप्ती र गढवा गाउँपालिका जोड्ने पुलको सोमबार उद्घाटन गरिएको छ ।

राप्ती नदीमा एक बर्ष पहिले निर्माण पूरा भएको उक्त पुलको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

उक्त पुलको २०७३ मंसिर २२ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले सिलन्यास गरेका थिए । शिलान्यास गरिएको पुल नेपालकै दोस्रो लामो पुल हो ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने उक्त पुल करिब एक अर्ब लागतमा निर्माण भएको छ ।

लम्बाई ८६० मिटर छ भने चौडाइ साढे १० मिटर रहेको पुलको एएनके लुम्बिनी वाइपी जेभी कम्पनीले निमार्ण गरेको थियो ।

सोही कम्पनीले यसअघि नेपालकै सबैभन्दा लामो एक हजार १५ मिटरको पुल निर्माण गरेको थियो । जुन बर्दियाको गेरुवाको पुल हो ।

 

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *