२०७७ फाल्गुन १८ गते मङ्गलवार

डिभाइन टेम्पलमा जेसिज इन स्कुल कार्यक्रम

तुलसीपुर,माघ ९ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको डिभाइन टेम्पल एकेडेमीमा जेसिज इन स्कुल विषय अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

तुलसीपुर नगर जेसिजले शुक्रवार एक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम गरेको हो ।

तुलसीपुर नगरजेसिज वर्ष २०२१ का अध्यक्ष जेसी नेत्रलाल भट्राई (नारायण)को अध्यक्षतामा भएको कार्यक्रममा जेसिज,यसको महत्व,उद्देश्य बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

जसको प्रशिक्षकमा जेसी सन्दिप भुसाल रहेका थिए ।

यसैबिच सो अवसरमा डिभाइन टेम्पल एकेडेमीले तुलसीपुर नगर जेसिज वर्ष २०२१ का नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

डिभाइन टेम्पल एकेडेमीका प्रिन्सिपल भोजराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वर्ष २०२१ का महासचिव दामोदर न्यौपानेले गरेका थिए ।

कार्यक्रममा आस्था पाठ वर्ष २०२१ कार्यकारी उपाध्यक्ष जेसी बसन्त भण्डारीले गरेका थिए ।

साथै जेसिज इन स्कुल कार्यक्रम आगामी दिनहरुमा अन्य स्कुलहरुमा पनि सञ्चालन गरिने जेसिज वर्ष २०२१ का प्रवक्ता जेसी पुर्णबिक्रम डाँगीले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *