२०८१ भाद्र २८ गते शुक्रवार

राप्तीमा विद्यालय सुधार गर्न बजेट विनियोजन

तिर्थराज ज्ञवाली, देउखुरी, माघ ९ । राप्ती गाउँपालिकामा विद्यालयको भौतिक तथा शैक्षिक सुधार गर्न बजेट विनियोजन गरिएको छ ।

गाउँपालिका शिक्षा समितिको शुक्रबार बसेको बैठकले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुदृढिकरणका लागि कार्य सम्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले शिक्षा तर्फ सशर्त अनुदान स्वरुप सहयोग गर्ने निर्णय भएको शिक्षा शाखा संयोजक विश्वास विकले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास तर्फ ४ कोठे विद्यालय भवन निर्माण गर्न दूर्गा भवानी आधारभुत विद्यायल मसुरियालाई ३६ लाख, शौचालय निर्माणका लागि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भालुवाङलाई ७ लाख, शौचालय निर्माण गर्न जनता आधारभुत विद्यालय करङ्गेकोटलाई ७ लाख विनियोजन गरिएको शिक्षा शाखा सह संयोजक बासुदेव खनालले जानकारी दिए ।

शैक्षिक गुणस्तर सुदृढिकरण एवम कार्य सम्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि शिक्षण सिकाइ प्रयोगका लागि नवप्रतिभा आधारभुत विद्यालय पाखापानीलाई ६ लाख ५० हजार, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदानका लागि ६ लाख ५० हजार, माध्यमिक विद्यालय रुपाकोटमा पुस्तकालय स्थापना तथा व्यवस्थापनका लागि ६ लाख ५० हजार अनुदान दिने निर्णय गरिएको छ ।
विद्यालयमा शैक्षिक गुणस्तर सुदृढिकरण एवम कार्य सम्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तरगत बालकल्याण आधारभुत विद्यालय पहरुवा, प्राथमिक विद्यालय थकरीकोट, शंकर माध्यमिक विद्यालय पिपरी, जनता आधारभुत विद्यालय करङ्गेकोट, बाल प्रगती प्राथमिक विद्यालय तल्लोघोस खोलालाई रकम विनियोजन गरिएको छ ।

सामुदायिक विद्यालयमा गणित विज्ञान तथा अंग्रेजी विषयका लागि क्रियाकलापमा आधारित कक्षा सञ्चालन गर्न नवज्योति आधारभुत विद्यालय सिरिचौरलाई अनुदान दिने निर्णय गरिएको छ ।

विद्यायहरुलाई दिने सहयोग तथा अनुदानका लागि कार्यदल समेत गठन गरिएको छ ।

जसको संयोजक विद्याशरण चौधरी र सदस्यको रुपमा संवेदन कोइराला, सीता रिजाल, बिक्रान्त ज्ञवाली, कुलराज जैशी, जगत थापा, ताराप्रसाद भुषाल, नरबहादुर केसी र सदस्य सचिव विश्वास विकलाई छनौट गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *