२०७७ फाल्गुन १८ गते मङ्गलवार

आगलागीबाट गम्भिर घाईते वलिको मृत्यु

तुलसीपुर,माघ ८ । दाङको तुलसीपुरमा आगलागीबाट गम्भिर घाईते भएका वलिको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टा निबासी ४० बर्षका बसन्त वलीको उपचारकै क्रममा गएरातीमृत्यु भएको हो ।

गएको माघ १ गते सिलिण्डर ग्यास लिक भएर आगलागि हुँदा उनी र उनका श्रीमती ३५ बर्षकी गिता वली गम्भिर घाईते भएका थिए ।

उनीहरुको किर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचार भईरहेको थियो । तर उपचारको क्रममा बसन्तको मंगलवार राती साढे ९  बजे निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ । गिताको भने सोहि अस्पतालमा उपचार भईरहेको छ ।

कुखुराका बच्चा निकाल्नका लागि तापक्रम दिनका लागि ग्यास बाल्ने क्रममा अचानक ग्यास लिक भएर आगलागी भएको थियो ।

आगलागीमा परि घाईते भएका दुबै जनालाई राप्ती लाइफ केयर हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमान्डौ लगिएको थियो ।

 

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *