कपिल लामिछाने,तुलसिपुर पुस २९ । पछिल्लो समय ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनिकरणका लागी आफ्नो सक्रियता निकै बढाएको छ ।
आज बुधबार ईलाका प्रहरी कार्यालय तुलसीपुर र गोठिखोला अस्थायी ट्राफिक पोष्टको संयुक्त प्रयास तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ३ को सहयोगमा सल्यान रुकुम सडक खण्डमा ८ वटा सचेतनामुलक होडिङ बोर्ड टाँसिएको हो ।
सडकको अबस्था अनि गाडीहरुको गतिका कारण प्रायः धेरै जसो दुर्घटना भएको भन्दै यसरी जिल्ला ट्राफिक कार्यालय दाङले निरन्तर रुपमा होडिङ बोर्डहरु टाँस्दै आईरहेको छ ।
कार्यक्रममा गाडीका चालकहरु सँग समन्वय गर्दै गाडीको गती कसरी सिमित राख्ने, सवारी चलाउदा मादक पदार्थ सेवन नगरी चलाउने लगाएतका बिभिन्न बिषयमा ट्राफिक प्रहरीहरुले सवारी चालकहरु सँग छलफल गर्दै जानकारी प्रदान गरेका थिए ।
कार्यक्रममा गोठीखोला प्रहरी पोष्टका ईचार्ज एवम् प्रमुख प्रहरी हवलदार टेक बहादुर कुसारीले यस्ता किसिमका कार्यक्रमहरुमा स्थानीय तह, बिभिन्न संघसंस्था र ब्यक्तिहरुले सहयोग गरेकाले पनि प्रहरी जनताको साथी र जनता प्रहरीको साथी भई काम गर्ने राम्रो वातावरण मिलेको भन्दै सम्पुर्ण प्रहरी, ट्राफिक प्रहरी र तुलसीपुर उपमहानगरपालिका वडा नं ३ लाई बिशेष धन्यवाद ब्यक्त गरेका थिए ।
साथै उनले ओैनौपचारिक रूपमा भएको होडिङ बोर्ड टाँस्ने कार्यक्रमले आगामी दिनहरुमा अझै सफलता पाउने र यसले सम्पुर्ण जनताको रक्षा गर्न र सवारी साधन दुर्घटनामा बिशेष सहयोग पुर्याउने भन्दै प्रहरी सधै जनताको जिवन रक्षामा खटिरहने कुरा ब्यक्त गरे ।