२०८१ भाद्र २५ गते मङ्गलवार

लुम्बिनी प्रदेश प्रहरी ः हिंसा नियन्त्रणका लागि तीन महिने अभियान शुरु

दाङ,पुस २८ । समाजमा हुने सबैखाले हिंसा नियन्त्रणका लागि लुम्बिनी प्रदेश प्रहरीले सक्रियता देखाएको छ ।

प्रहरीले लैङ्गिक हिंसा, जातीय छुवाछुत तथा विभेद अन्त्यका लागि विशेष अभियान चलाएको छ ।

समाजमा हिंसा तथा दुर्व्यवहार नियन्त्रणका लागि अभियान सफल बनाउन प्रदेशका १२ वटा जिल्लाका ६५ प्रहरी कार्यालय र ५३ इलाका प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको छ ।

हिंसामुक्त समाज निर्माण गरी सुन्दर शान्त प्रदेश निर्माण गर्ने उद्देश्यले प्र्रहरीले पछिल्लो समयमा दर्जना‌ैं अभियान चलाएको छ ।

प्रहरीले आइतबारदेखि जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि तीन महिने अभियान शुरु गरेको हो ।

यस अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया, छलफल, पर्चा र पम्पलेट वितरण, कानुनी प्रावधान बारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरीष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए ।

यो अभियानको मुख्य उद्देश्य समाजमा हुने जातीय छुवाछुत तथा वालविवाह जस्ता अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पु¥याई जातिय विभेद तथा बालविवाह मुक्त समाजको सिर्जना गर्नु रहेको प्रहरी बरीष्ठ उपरीक्षक बैदवारको भनाइ छ ।

चैत्र महिनाम्म चल्ने यो अभियानको अवधिभर कम्तिमा तीन सय ९० वटा कार्यक्रमहरु सञ्चालन हुने छन् ।

लुम्विनी प्रदेश प्रहरीले सञ्चालन गरेको यस अभियानलाई उपलब्धिमुलक बनाउने सबै जना आआफ्नो तर्फबाट सक्रिय सहभागि बन्नका लागि प्रहरीले आग्रह समेत गरेको छ ।

यसअघि प्रहरीले लुम्बिनीे सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध विशेष अभियान समेत चलाएको छ ।

यौनजन्य दव्र्यवहार विरुद्धको कार्यलाई नियन्त्रण गरी सुरक्षित, सभ्य र महिला तथा बालबालिकामैत्री वातावरणको सिर्जना गर्नका विशेष अभियान थालिएको प्रवक्ता बैदवारले बताए ।

यसका लागि यौनजन्य दुव्र्यवहार विरुद्धको कार्ययोजना २०७७ सञ्चालन गरिएको छ । फागुनसम्म चल्ने यो अभियानले अभियानले सार्वजनिक यातायातमा महिला तथा बालबालिकामैत्री वातावरण निर्माण गर्नेछ अपेक्षा गरिएको छ ।

पुस १ गतेबाट सञ्चालन भएको यो अभियानको पहिलो चरण अन्तर्गतको कार्यक्रम सकिएको र २४ गतेबाट दोस्रो र तेस्रो चरण अन्तर्गतका काम थालिएको प्रहरीको भनाइ छ ।

अभियान अन्तर्गत लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गरी सबै प्रहरी युनिटबाट प्रत्येक महिना दुई वटा कार्यक्रम सञ्चालन गरिने र अवधिभर सात सय २० वटा कार्यक्रम सञ्चालन हुनेछन् ।

प्रहरीले सञ्चालन गरेको सेफ्टी पीन अभियानमाा सहभागि हुन र सार्वजनिक स्थान र सार्वजनिक सवारीसाधनमा हुने यौनजन्य दुव्र्यवहारमा परेमा वा यौनजन्य दुव्र्यवहार भइरहेको देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *