२०८१ भाद्र २६ गते बुधवार

संघको भवन साढे २५ हजार सहयोग गर्ने निर्णय

घोराही, पुस २७ । राप्ती अञ्चल डेलिभरी बितरक संघको सभाहलसहितको भबन निर्माण सहयोगार्थ नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

निर्माण ब्यबसायी महासंघले सोमवार संघको भबन निर्माणमा सहयोग पुगोस भनेर २५ हजार ५ सय ५५ रुपैंया आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

निर्माण ब्यबसायी महासंघका अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

अध्यक्ष रानाले डेलिभरी बितरक संघका अध्यक्ष धुर्बराज श्रेष्ठ भारीलाई सोमवार नै आफुहरुले गर्ने सहयोग बारे जानकारी गराएका हुन ।

यसअघि सस्थाका अध्यक्ष भारी र सचिब भरतराज श्रेष्ठले भबन निर्माणमा सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *