दाङ, पुस २७ । दाङ घोराहीका ३९ बर्षीय एक युवकको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. २ का ती युवकको सोमवार मध्यान्हः १२ ः१० मा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।
स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उनी पुस १९ गते भेरी अस्पतालको आइसियूमा भर्ना भएका थिए ।
पिसिआर परीक्षणका क्रममा पुस २२ गते कोरोना संक्रमन पुष्टि भएपछि आइसोलेनस वार्डमा सारेर उपचार सुरु गरिएको थियो ।
उनको स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार