तुलसीपुर, पुस २७ । आफ्नो जन्मदिनको अवशरमा एक युवाले रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।
अस्पतालमा रगत अभाव हुन नपावस भन्ने उदेश्यका साथ आफुले जन्मदिनमा रक्तदान कार्यक्रमको आयोजना गरेको गुरु केसीले बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.११ कटाँहाका स्थानीय बासिन्दा उनले गरिब दुःखी कसैले पनि रगत अभावमा अकालमा ज्यान गुमाउन नपरोर भन्ने सोचका साथ रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।
राप्ती प्रादेशिक अस्पताल स्थित कालिकादेबी रक्त सञ्चार केन्द्रमा गएर आफु लगाएत सात जना साथीहरुले रक्तदान गरेको केसीले फरककोणलाई बताए ।
प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
